ब्राजिलमा भीषण वर्षा : बाढी पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ५६ पुग्यो
ब्राजिलको उत्तरपूर्वी राज्य पर्नाम्बुकोमा भारी वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ । व्यापक वर्षाका कारण आएको बाढी र पहिरोमा परी ५६ जनाको मृत्यु भएको र अझै बेपत्ता हुनेको सङ्ख्या ५६ रहेको आइतबार स्थानीय अधिकारीले जानकारी दिएका छन् ।
बाढी र पहिरोबाट प्रभावित व्यक्तिको उद्धारमा करिब चार हजार उद्धारकर्मी खटाइएको छ । उत्तरपूर्वी पर्नाम्बुको राज्यको राजधानी रेसिफ शहर सबैभन्दा बढी प्रभावित भएको छ । उक्त सहरमा मात्र ३० भन्दा बढी मानिसको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले स्थितिको मूल्याङ्कन गर्न सोमबार रेसिफको भ्रमण गर्ने उनले ट्वीटरमार्फत् प्रेषित एक सन्देशमा जानकारी गराएका छन् ।
छिमेकी राज्य अलागोसमा बाढीका कारण दुई जनाको मृत्यु भएको र करिब सात हजार विस्थापित भएको जनाइएको छ भने अन्य छिमेकी राज्यहरूमा पनि अविरल बर्षाका कारण आएको बाढी तथा पहिरोले जनजीवन प्रभावित बनाएको छ । पर्नाम्बुको नौ नगरपालिकामा स्थानीय तहले आपतकालीन अवस्था को घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन