शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं महानगरको समस्या तत्काल सम्बोधनका लागि टास्क फोर्स बन्ने

सोमबार, १६ जेठ २०७९, १७ : १३
सोमबार, १६ जेठ २०७९

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले महानगरको यावत् समस्या तत्काल सम्बोधनका लागि टास्क फोर्स बनाउने निर्णय गरेका छन् । सोमबार नगर-कार्यपालिकाको पहिलो लाइभ बैठकमा ३२ वटै वडाका जनप्रतिनिधिहरूलाई सम्बोधन गर्दै मेयर शाहले महानगरभित्रको ढल, पानी, सडकको समस्याको सुनुवाइका लागि कल सेन्टर राख्ने र टास्क फोर्समार्फत तत्काल एक्सन लिने बताए ।

यसका लागि पहिलो चरणमा दुईवटा टास्क फोर्स बनाउने र आवश्यक बमोजिम थप फोर्सहरु बनाउने उनले बताए ।  महानगरभित्रको पानी, ढल, सडकको मर्मतसम्भार तथा विस्तारको सवालमा संघीय सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभाग, खानेपानी मन्त्रालय लगायतका सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय गरिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप