बालुवाटारमा गठबन्धनको बैठक जारी
सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक बसिरहेको हो ।
बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् । ३० वैशाखमा भएको निर्वाचन परिणाम २ स्थानीय तहबाहेकका आइसकेपछि गठबन्धनको बैठक बसेको हो । गठबन्धन दलहरूबीच निर्वाचनमा भएको तालमेललाई लिएर गठबन्धनकै केही दल असन्तुष्ट छन् । जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र जनमोर्चा असन्तुष्ट रहेका हुन् ।
जारी बैठकमा सम्पन्न निर्वाचनमा एकअर्कालाई सहयोग÷असहयोग गरेको विषयमा पनि समीक्षा हुनेछ । बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुको उपस्थिति छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बयानको लागि रविलाई जिल्ला सरकारी वकिलको कार्यालय ल्याइयाे
-
टेस्ट र प्रथम श्रेणीको क्रिकेटबाट बंगलादेशी ब्याट्सम्यान इमरुल कायसको सन्न्यास
-
नेपाल लाइफले इटहरीमा किन्यो करिब १७ करोडको जग्गा
-
कर्मचारी महासङ्घद्वारा बाढीपहिरो पीडितका लागि पौने आठ लाख सहयोग
-
श्रीलङ्काली ब्याट्सम्यान फर्नान्डो र मेन्डिसको शतकसामु निरीह बन्यो न्युजिल्यान्ड
-
इन्द्रचोक क्षेत्रमा बिजुलीको पोल र तार हटाउँदै महानगर (तस्बिरहरू)