शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नवनिर्वाचित मेयर शाह र प्रधानसेनापति शर्माबीच भेटवार्ता

सोमबार, १६ जेठ २०७९, १७ : ०७
सोमबार, १६ जेठ २०७९

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन् । मेयरको सपथ लिएर कार्यभार सम्हालेलगत्तै शाहले सैनिक मुख्यालय जंगीअड्डा गई प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका हुन् । 

भेटमा मेयर शाहले विपत् व्यवस्थापन लगायत राष्ट्रिय सुरक्षामा नेपाली सेनाले पुर्याएको योगदानको प्रशंसा गरेका छन् भने प्रधानसेनापति महारथी शर्माले मेयर शाहलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् । भेटवार्तामा आगामी दिनमा महानगरपालिका र नेपाली सेनाबीच सहकार्य गर्ने विषयमा कुराकानी समेत भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप