शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

तारा एयर दुर्घटना हुँदा विमानमा सवारको निधनले दुखी भएको छु : प्रधानमन्त्री देउवा

सोमबार, १६ जेठ २०७९, १७ : ००
सोमबार, १६ जेठ २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले तारा एयरको विमान दुर्घटनाले दुःख व्यक्त गरेको छन् । प्रधानमन्त्री देउवाले पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको यात्रुवाहक जहाज दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबैको निधन भएको खबरले निकै दुखी बनाएको बताए । 

दुर्घटनामा जीवन गुमाउने विमान चालक दलका सदस्य र यात्रुहरूप्रति देउवाले ट्वीटरमार्फत श्रद्धाञ्जली दिएका छन् । उनले शोक सन्तप्त परिवारजनमा पनि समवेदना व्यक्त गरे । चालक दलका तीनसहित २२ जना सवार जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप