बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

तारा एयर दुर्घटना : ५ सदस्यीय छानविन आयोग गठन

सोमबार, १६ जेठ २०७९, १६ : ४८
सोमबार, १६ जेठ २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मुस्ताङमा आइतबार भएको तारा एयरको विमान दुर्घटनाको छानविन गर्न ५ सदस्यीय आयोग गठन गरेको छ । मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष रहेको दुर्घटना जाँच आयोग गठन गरेको हो ।

आयोगका सदस्यहरूमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव वुद्धिसागर लामिछाने रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा छ । 
आइतबार पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको ट्वीनअटर विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटना भएको थियो । जहाजमा १९ यात्रु र ३ चालक दलका सदस्य गरी २२ जना यात्रु थिए । उनीहरुमध्ये सोमबार २१ जनाको शव भेटिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप