२७५ जनालाई सत्ता सञ्चालनका विषयमा यसरी दिँदैछ माओवादीले प्रशिक्षण
नेकपा माओवादी केन्द्रले स्थानीय तहका प्रमुख र उपप्रमुखसहित २७५ जनालाई सत्ता सञ्चालनका विषयमा प्रशिक्षण दिने भएको छ । सो पार्टीले स्थानीय तहका १२१ प्रमुख र १२८ उपप्रमुख सहित पार्टी प्रदेशका इन्चार्ज, सह–इन्चार्ज, अध्यक्षलाई समेत सत्ता सञ्चालनका विषयमा प्रशिक्षण दिन लागेको हो ।
माओवादीले जितेका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई काठमाडौं कुमारी हलमा राखेर दुई राखेर सत्ता सञ्चालनका विषयमा प्रशिक्षण दिन लागेको पार्टी कार्यालय प्रमुख श्रीराम ढकालले बताए । बुधबार बिहान ११ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्घाटन सहित प्रशिक्षण दिएपछि बिहीबार वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले समापन गर्ने भएका छन् ।
‘माओवादीले जितेका स्थानीय तहका प्रमुख र उपप्रमुख सबैलाई खबर गरी सकेका छौ । सबै आउनुहुन्छ । बुधबार बिहान ११ बजे अध्यक्ष प्रचण्डले उद्घाटन गरेपछि बेलुका ५ बजे सकिन्छ । बिहीबार विहान ८ बजे सुरु भई बेलुका ६ बजे नारायणकाजी श्रेष्ठले समान गरेर सकिनेछ’ सचिव ढकालले भने, ‘सबै नेता र विषय विज्ञलाई प्रशिक्षण दिन विषय निर्धारण गरिएको छ । त्यसैमा रहेर जनप्रतिनिधिलाई प्रशिक्षण दिनुहुनेछ । प्रशिक्षण दिएपछि पक्कै पनि जनप्रतिनिधिलाई राम्रो फिड ब्याक मिल्ने अपेक्षा लिएका छौ ।’
माओवादीले प्रमुखमा १२१ जना र उपप्रमुख १२८ जना,पार्टीका इन्चार्ज, सह–इन्चार्ज र अध्यक्ष सहित केही स्वतन्त्रबाट जिते पनि माओवादीकै भएकाले प्रतिनिधिको संख्या बढ्ने भएको हो ।
स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण तयारी समिति समेत गठन गरिएको छ । जसमा वर्षमा पुन, गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, उर्मिला अर्याल, देव गुरुङ र प्रकाश विकल्प छन् । कुन–कुन विषयमा कसले कसरी प्रशिक्षण दिने भन्ने विषयमा पार्टीका तर्फबाट ती नेताहरुले गृह कार्य गर्ने भएका छन् ।
प्रशिक्षणको रुपमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, वर्षमान पुन, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, उर्मिला अर्याल, देव गुरुङ, मुक्ति प्रधान लगायत नेताहरु छन् । विषय विज्ञको रुपमा लीलामणि पौडेल, मीनबहादुर श्रेष्ठ, डा रामकुमार फुयाल, शैलेन्द्र गिरी लगायत व्यक्तिलाई बोलाएको छ ।
गत वैशाख ३० गते भएको स्थानीय तहमा दोहोर्याएर उठाएका ५० प्रतिशत प्रमुखहरु पराजित भएपछि माओवादीले बोलाएर सत्ता सञ्चालनका विषयमा पहिलोपटक प्रशिक्षण दिन लागेको हो । अहिले जितेका जनप्रतिनिधिलाई प्रशिक्षण दिएमा पुनः नदोहोरिने अपेक्षा लिइएको छ ।
बुधबार र बिहीबार जनप्रतिनिधिलाई राजनीतिक, वैचारिक, प्रशासनिक, कानुनी, लेखा परीक्षण, सूचना प्रविधिक र जनतासँगको सम्बन्ध सुधारका विषयमा प्रशिक्षण दिइने भएको छ । बुधबार र बिहीबार प्रदेश प्रमुख र उपप्रमुखलाई प्रशिक्षण दिएपछि शुक्रबार केन्द्रीय समिति बैठक बस्ने भएको छ । बैठकमा स्थानीय तह निर्वाचनका विषयमा समीक्षा गर्दै समसामयिक विषयमा छलफल गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन विकासका लागि निगमको स्तरोन्नति र स्रोत बजारमा सेवा विस्तार गर्न सुझाव
-
१० बजे १० समाचार : एमाले बैठकमा भीम रावलमाथिको कारबाहीबारे उठ्यो प्रश्न, रविविरुद्ध काठमाडौँमा पनि मुद्दा
-
विपद् प्राधिकरणको राष्ट्रिय परिषद्को बैठक सम्पन्न, सोमबार निर्णय सार्वजनिक गरिँदै
-
रास्वपाले रवि लामिछानेलाई भन्यो संस्थापक सभापति
-
विदेश पठाउँछु भनेर ठग्ने ३ जना पक्राउ
-
विश्वको प्रतिष्ठित डान्स शो डब्लु.ओ.डी.अब नेपालमा