शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

तारा एयरको ट्विनअटरमा सवार २१ जनाको शव फेला, १ जनाको अवस्था अज्ञात

सोमबार, १६ जेठ २०७९, १६ : ३७
सोमबार, १६ जेठ २०७९

मुस्ताङमा तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर  विमान दुर्घटनामा परेर ज्यान गुमाएका २१ जनाको शव भेटिएको छ । थासाङ गाउँपालिका–२ सानोस्वाँरेबाट २१ जनाको शव संकलन गरिएको मुस्ताङका डीएसपी रामकुमार दानीले रातोपाटीलाई बताए । 

विमानमा सवार १ जनाको अवस्था अज्ञात छ । शव थासाङ गाउँपालिका–२ कोबाङ्गमा केन्द्रित गरेर सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । पहिलो चरणमा १० वटा शव लिएर हेलिकप्टर काठमाडौंको लागी टेकअफ भएको डीएसपी दानीले जानकारी दिए । 

विमानमा सवार १ जनाको दुर्घटनास्थलमा सुरक्षाकर्मीहरुले खोजी गरिरहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप