आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

झापा ‘बी’ डिभिजन लिगमा बढुवा

सोमबार, १६ जेठ २०७९, १६ : २८
सोमबार, १६ जेठ २०७९

झापा फुटबल क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएको छ । सहिद स्मारक ‘सी’ डिभिजन लिग अन्तर्गत सोमबार वीरगञ्ज युथ एकेडेमीलाई ५–० गोलअन्तरले हराउँदै झापाले ‘बी’ डिभिजन लिगको यात्रा तय गरेको हो । झापाले लिगको अन्तिम खेल स्वयम्भु फुटबल क्लबसँग  खेल्नेछ ।

जितसँगै झापाले १२ खेलमा ३१ अंक जोडेको छ । झापा शीर्ष स्थानमा उक्लिएको छ । यता हारसँगै वीरगञ्ज रेलिगेसनमा परेको छ । वीरगञ्ज ५ अंक जोडेर १३ औं स्थानमा छ । अब ‘बी’ डिभिजन लिग खेल्ने अर्काे टोलीको टुङ्गो अन्तिम खेलबाट लाग्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप