आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बागमती प्रदेशको नीति तथा कार्यक्रममाथि जेठ १८ देखि छलफल

सोमबार, १६ जेठ २०७९, १६ : २२
सोमबार, १६ जेठ २०७९

बागमती प्रदेशसभा बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम टेबुल भएको छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सोमबार बसेको प्रदेशसभाको छैठौं बैठकमा सरकारको आगामी आथिर्क वर्षको नीति तथा कार्यक्रम टेबुल गरेका हुन् ।

बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सरकारको तर्फबाट सोमबार बसेको प्रदेशसभाको पाँचौ बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

उनले प्रस्तुत गरेको नीति तथा कार्यक्रम मुख्यमन्त्री पाण्डेले सदनमा टेबुल गरेसँगै नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेशकी मुख्य सचेतक मुनु सिग्देलले प्रदेश प्रमुख शर्मालाई धन्यवाद प्रस्ताव सदनमा पेश गरेकी थिइन् ।

सिग्देलले पेश गरेको धन्यवाद प्रस्तावलाई प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका मुख्य सचेतक दिपक निरौलाले समर्थन गरेका थिए । उक्त प्रस्ताव सदनबाट पास भएको छ । प्रदेशसभाको अर्को बैठक आगामी जेठ १८ गते बस्ने गरी स्थगित गरिएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले आगामी १८ गते २ बजे प्रदेशसभा बैठक स्थगित गरेका हुन् ।

उक्त बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि छलफल हुनेछ भने भोली सरकारको नीति तथा कार्यक्रम माथि संशोधन प्रस्ताव दर्ता गर्ने समय कायम गरिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप