मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

जुम्लाका उच्च स्थानमा धान रोपाइँ सुरु

सोमबार, १६ जेठ २०७९, १६ : ०८
सोमबार, १६ जेठ २०७९

जुम्लाको पातारासी गाउँपालिकास्थित भौगोलिक रुपले उच्च स्थानमा धान उत्पादन हुने छुमचौरमा कालीमार्सी धान रोपाइँ सुरु भएको छ । त्यहाँ सुधारिएको कालीमार्सी धान रोपिएको हो । दुई हजार आठ सय मिटर अग्लो स्थानमा रहेको सो स्थानमा आठ प्रकारका कालीमार्सी धान रोपिएको हो । 

कालीमार्सी धान संरक्षण तथा प्रवद्र्धनकर्ता कलीमान महताराका अनुसार २०२१ सालदेखि सो स्थानमा धान रोपिएको हो । चन्दननाथ मन्दिरको शेरा जिउलाबाट धानको बेर्ना ल्याएर छुमचौर जिउलोमा रोपाइँ सुरु भएको हो । धानबालीमा परिश्रम धेरै गर्नुपर्ने, घेराबारको व्यवस्था नभएको, सिँचाइ सुविधा नभएको र धान रोपाइँ हुने मौसम र पाटनमा यार्सा सङ्कलनको मौसम एउटै पर्ने भएकाले विस्तारै रोपाइँ गर्न छोडिएको थियो । कालीमार्सी धानको महत्वका विषयमा बुझ्दै गएपछि अहिले २०० रोपनीजतिमा धान रोपेको कालीमार्सी धान संरक्षण तथा प्रवद्र्धनकर्ता महताराले बताए । 

कृषि अनुसन्धान केन्द्रको आयोजना र कृषि विकास कार्यालय जुम्लाको समन्वयमा रोपाइँ गरिएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख  गणेशबहादुर अधिकारीले बताए । गत वर्ष कारोनाका कारण धान रोपाइँ हुन सकेको थिएन । यसपटक धुमधामका साथ धान रोपिएको स्थानीयवासी बताउँछन् । पछिल्ल्लो समयमा स्वदेशमा मात्र राम्रो मूल्यमा जुम्लाको मार्सी चामल बजारमा बिक्री हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप