आफैंले हस्तान्तरण गरेको ट्विनअटरमा थिए क्याप्टेन वसन्त
काठमाडौंको बालुवाटार बस्ने बसन्त लामा तारा एयरको क्याप्टेन हुन् । जेठ १५ मा विहान जोमसोम–पोखराको ४ उडान सकेपछि उनले तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर आफ्ना सहकर्मी क्याप्टेन प्रभाकर घिमिरेलाई हस्तान्तरण गरे ।
भोलिपल्ट फेरि उनको उडान भर्ने ड्युटी थियो । आइतबारको छुट्टी मनाउन जोमसोम जाने निर्णय गरेर लामा आफैंले हस्तान्तरण गरेको जहाजमा जोमसोम उडे । तर, विडम्बना पोखराबाट उडेको १२ मिनेटपछि ट्विनअटर दुर्घटना हुँदा क्याप्टेन लामा र प्रभाकर घिमिरे दुवैजनाको पोखरा फर्किने योजना अपुरो भएको छ ।
आइतबार विहान ९ बजेर ५५ मा पोखराबाट उडेको जहाज १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भयो । सोमबार विहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरेस्थित मानापाथी हिमालको फेदीमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । सुरक्षाकर्मीहरुले विमान दुर्घटनामा परेर ज्यान गुमाएकाहरुको शव संकलन गरिरहेका छन् ।
क्याप्टेन लामाले हस्तान्तरण गरेको जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए । घिमिरेसँगै लामाको पनि सो उडान अन्तिम भएको छ । वसन्त लामा यत्ति ग्रुपसँग १९९८ देखि आवद्ध भएका हुन् । उनका बुवा पनि नेपाल एयरलाइन्सका क्याप्टेन हुन् ।
२०७४ मा पनि लामा ताराको विमान दुर्घटनामा परेका थिए । हुम्लाको सिमकोटबाट सुर्खेत उडेको तारा एयरको ट्विनटर दुर्घटना हुँदा वसन्त क्याप्टेन थिए । सो दुर्घटनामा लामा र सह–पाइलट अमित गुरुङ घाइते भएका थिए । तर, यसपटक वसन्त तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटरसँगै अस्ताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
-
आइजीपी कप : एपीएफ स्कूल कीर्तिपुर विजयी
-
अर्यालसहित एक दर्जन युवा एमालेमा प्रवेश
-
दुई दिनदेखि सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध
-
नक्कली भुटानी शरणार्थी प्रकरण : उच्चले थुनामै पठाएपछि बेचन झा पुगे सर्वोच्च
-
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि समितिमा छलफल सुरु