बजेटको भोलिपल्ट सेयर बजार घट्यो
बजेटको भोलिपल्ट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । आज एकै दिन ५० अंकले घटेर नेप्से परिसूचक २१ सय ७३ अंकमा आइपुगेको हो । आज १ अर्ब ३३ करोड ८८ लाख रुपैयाँ बराबरका ३४ लाख ५६ हजार कित्ता सेयर किनबेच भएको छ । आज जीवन बीमा समूहमा सबैभन्दा धेरै ३०६ अंकको गिरावट आउँदा निर्जीवन बीमा समूहमा २४८ अंकको गिरावट आएको छ ।
यसैगरी, उत्पादनमूलक समूहमा १२७ अंकको गिरावट आउँदा विकास बैंक समूह ९७ अंकले घटेको छ भने लघुवित्त समूह ७१ अंकले घटेको छ । यस्तै, जलविद्युत समूहमा ६७ अंकको गिरावट आउँदा व्यापार समूह ६२ अंकले खुम्चिएको छ । यस्तै, अन्य समूहमा ४६ अंकको गिरावट आउँदा होटल एण्ड टुरिजम समूहमा ३८ अंकको गिरावट आएको छ ।
परिसूचक ४५ अंकले घट्दा एक वर्षपछि नेप्सेमा कारोबार भएको नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले घटेको छ । नकरात्मक सर्किट लागेसँगै ४० अंकले घटेर प्रतिकित्ता ३६७ रुपैयाँमा आइपुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम न्यूनीकरणका लागि सुरक्षित भौतिक संरचना निर्माण गर्नुको विकल्प छैन : उपप्रधानमन्त्री सिंह
-
नागरिक उन्मुक्तिका सांसद चौधरीविरुद्धको रिट खारेज, सांसद पद जोगियो
-
कार्यदलको बैठकमा जसपा नेपाल र नागरिक उन्मुक्ति किन ‘एब्सेन्ट’ ?
-
मन्धाना र प्रतिकाको रेकर्ड ब्याटिङ, भारतको कीर्तिमानी जित
-
सङ्खुवासभामा आगलागीबाट पाँच घर जले
-
दिगो विकास लक्ष्य प्रगति ७ वर्षमा ३९.६ प्रतिशत