शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

बजेटको भोलिपल्ट सेयर बजार घट्यो

सोमबार, १६ जेठ २०७९, १५ : १०
सोमबार, १६ जेठ २०७९

बजेटको भोलिपल्ट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । आज एकै दिन ५० अंकले घटेर नेप्से परिसूचक २१ सय ७३ अंकमा आइपुगेको हो । आज १ अर्ब ३३ करोड ८८ लाख रुपैयाँ बराबरका ३४ लाख ५६ हजार कित्ता सेयर किनबेच भएको छ । आज जीवन बीमा समूहमा सबैभन्दा धेरै ३०६ अंकको गिरावट आउँदा निर्जीवन बीमा समूहमा २४८ अंकको गिरावट आएको छ । 

यसैगरी, उत्पादनमूलक समूहमा १२७ अंकको गिरावट आउँदा विकास बैंक समूह ९७ अंकले घटेको छ भने लघुवित्त समूह ७१ अंकले घटेको छ । यस्तै, जलविद्युत समूहमा ६७ अंकको गिरावट आउँदा व्यापार समूह ६२ अंकले खुम्चिएको छ । यस्तै, अन्य समूहमा ४६ अंकको गिरावट आउँदा होटल एण्ड टुरिजम समूहमा ३८ अंकको गिरावट आएको छ ।

परिसूचक ४५ अंकले घट्दा एक वर्षपछि नेप्सेमा कारोबार भएको नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले घटेको छ । नकरात्मक सर्किट लागेसँगै ४० अंकले घटेर प्रतिकित्ता ३६७ रुपैयाँमा आइपुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप