आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद् बैठकबाट मूल्य अभिवृद्धि कर संशोधन नियमावली स्वीकृत

सोमबार, १६ जेठ २०७९, १५ : ०२
सोमबार, १६ जेठ २०७९

सरकारले मूल्य अभिवृद्धि कर २४ औँ संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ । जेठ १३ र १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले मूल्य अभिवृद्धि कर २४ औँ संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको हो । 
सोमवार बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले अन्तःशुल्क २३ औँ संशोधन नियमावली २०७९, भन्सार १३ औँ संशोधन नियमावली २०७९ र आयकर १३ औँ संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको बताए । उनले बजेट तथा अर्थ सम्बन्धी विधेयकहरु संघीय संसदमा पेस गर्ने, लोकसेवा आयोगको सिफारिस बमोजिम निजामति सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको पदमा नियुक्ति तथा पदस्थापन गर्ने निर्णय गरेको पनि बताए । 

 त्यस्तै सरकारले बेल्जियमको राजधानी ब्रसेल्समा बि.सं. २०७९ जेठ १८ देखि १९ सम्म आयोजना हुने ग्लोबल समिट २०२२, टर्निङ द टाइट अन चाइल्ड सेक्सुअल अबुस अनलाइन कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सलोनी सिंहलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ । 

प्रवक्ता कार्कीले सुरक्षण मुद्रण विकास समिति गठन तेस्रो संशोधन आदेश २०७९ को दफा ६ को उपदफा ३ क बमोजिम सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई पदावधि एक पटकको लागि थप गर्ने निर्णय भएको बताए । त्यस्तै परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा पदाधिकार रहेका प्रमुख कन्सलटेन्ट अब्स्ट्रेटिक्स एण्ड गाइकोलोजिस्ट डा. जागेश्वर शर्मा गौतमले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप