बागमतीमा बाल विकास केन्द्रलाई नमूना केन्द्रको रुपमा स्तरोन्नती गर्ने तयारी
बागमती प्रदेश सरकारले प्रदेशभित्रका बाल विकास केन्द्रलाई स्थानीय तहसँगको सहकार्यमा नमूना केन्द्रको रुपमा स्तरोन्नती गर्ने भएको छ । सरकारले स्थानीय तहसँगको सहकार्यमा दलित, अपाङ्ग, सीमान्तकृत एवम् विपन्न विद्यार्थीलाई विद्यालय शिक्षामा पहुँच वृद्धि गर्ने भएको हो ।
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्दै कोही पनि बालबालिका शिक्षाको पहुँचबाट बञ्चित हुन नपारोस् भन्नका लागि यो योजना अघि सारिएको बताए ।
त्यस्तै विद्यालयको भौतिक सुधार गरी आधुनिक पाठ्य सामग्री तयार पारी प्रत्येक जिल्लाको कम्तिमा एक विद्यालयमा नमूना बाल बिकास केन्द्र सञ्चालन गरिने उनले बताए । गुरु योजना स्वीकृत भएका आवासीय विद्यालयकाहरुको भौतिक विकास गर्नुका साथै नमूना विद्यालयमा विकास गुरुयोजना कार्यान्वयन गरिने उनले उल्लेख गरे ।
सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि सूचना प्रविधि प्रयोगशाला, विज्ञान तथा विषयगत प्रयोगशालाहरू स्थापना गरिने प्रदेश प्रमुख शर्माले बताए । बागमती प्रदेशलाई शिक्षाको हबको रुपमा विकास गर्दै लैजाने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्छ’
-
एक करोड ४० लाखमा बन्यो देउराली प्रहरी चौकी
-
घरजग्गा कारोबारले गति लिँदै, मंसिरमा मात्रै ४५ प्रतिशतले बढ्यो
-
इप्पानले माघ ४ गते रजत जयन्ती मनाउँदै
-
लोसपामा फेरि थपिए ६ जना केन्द्रीय सदस्य
-
सुर्खेतमा घरभित्रै निसास्सिएर आमा–छोराको मृत्यु, छोरी घाइते