भारतको नयाँ दिल्लीमा मनाइयो गणतन्त्र दिवस
सोमबार, १६ जेठ २०७९, १४ : ४७
भारतको नयाँदिल्लीमा १५ औं गणतन्त्र दिवस मनाइएको छ । अखिल भारत नेपाली एकता मञ्च केन्द्रीय समिति अन्तर्गत दिल्ली राज्य समिति तथा दिल्ली हरियाणा यूपी संयुक्त राज्य समितिको आयोजनामा गणतन्त्र दिवस मनाइएको हो ।
दिल्ली हरियाणा युपी संयुक्त राज्य समितिका अध्यक्ष बेल बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका दिल्ली राज्य सचिव अटल परियार, निवर्तमान अध्यक्ष ईश्वरी भण्डारी महासचिव चक्र बहादुर मलाती , उपमहासचिव आरबी खड्कासहित नारायण बिक, केन्द्रीय सदस्य अर्जुन दयाललगायतको सहभागिता रहेको थियो ।
सो क्रममा गणतन्त्र स्थापनाका लागि योगदान पुर्याउने सम्पूर्ण योद्धाहरुको स्मरण पनि गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु
-
अपहरणमा संलग्न दुई आरोपी पक्राउ
-
नेपाल-जापान व्यापार सम्बन्ध सुधार्न निप्पोन चेम्बर एण्ड इन्डस्ट्रीज स्थापना
-
बेलबारीमा कुमारी बैंकले गर्यो उद्यमी प्रशिक्षण कार्यक्रम
-
अमेरिकी, अष्ट्रेलियन, क्यानेडियन डलर र रियालको भाउ घट्यो, कसको कति ?
-
प्राधिकरणलाई अल्झाउन समितिमाथि समिति बनाउँदै सरकार