बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

लाइसेन्सका पाँच लाख ७२ हजार आवेदन रद्द, आजदेखि नयाँ प्रणाली

सोमबार, १६ जेठ २०७९, १४ : ४२
सोमबार, १६ जेठ २०७९

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ । हालसम्म परेका पाँच लाख ७२ हजारभन्दा बढी आवेदनहरू रद्द गरिएको विभागले जनाएको छ । 

पुराना आवेदन बन्द गर्दै नयाँ प्रणालीमार्फत आवेदन दिने व्यवस्था मिलाएको छ । नयाँ तथा वर्ग थप गर्न हालसम्म परेका सबै अनलाइन आवेदन रद्द गरी नयाँ प्रणालीको गर्न लागिएको विभागले जनाएको छ । सोमबार बेलुका ६ बजेदेखि सवारी चालक अनुमति पत्रको नयाँ अनलाइन आवेदन प्रणाली सुरु हुन लागेको विभागले जनाएको छ । नयाँ सवारी चालक अनुमति पत्र प्राप्त गर्न मा applydl.dotm.gov.np लगईन गरी नयाँ आवेदन फारम भर्न सकिने विभागले जनाएको छ । वर्ग थप गराउन चाहनेका लागि अर्को हप्ताको सोमबारबाट मात्रै खुला गरिनेछ । 

कोरोना महामारीका कारण लामो समय परीक्षा रोकिँदा पछिल्लो समय अत्यधिक चाप देखिएको छ । विभिन्न कार्यालयमार्फत यसअघि फारम भरेकाहरूको पालो आउन तीन वर्षसम्म पनि कुर्नुपर्ने अवस्था थियो । चाप अत्यधिक बढेपछि विभागले गत चैतदेखि आवेदन प्रणाली नै बन्द गरेको थियो । त्यो अवधिमा पाँच लाख ७२ हजार आवेदन परेको थियो । विभागले नयाँ प्रणालीअनुसार ४ जेठबाटै लागू गर्ने घोषणा गरेको थियो । तर, प्राविधिक समस्या आएका कारण उक्त मितिमा लागू गर्न सकिएको थिएन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप