आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभा बैठक सुरु, सरकारकोे नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

सोमबार, १६ जेठ २०७९, १४ : ३३
सोमबार, १६ जेठ २०७९

बागमती प्रदेशसभा बैठक सुरु भएको छ । प्रदेशसभाको दशौं अधिवेशन अन्तर्गत पाँचौ बैठकमा प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शार्मले बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षमा आत्मनिर्भर अर्थतन्त्रका लागि योजना ल्याउने गरी नीति तथा कार्यक्रम तयार पारेको जनाइएको छ । प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा कृषि, उत्पादन, रोजगारी लगायतका विषयलाई प्राथमिकतामा राखेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप