मिस नेपालमा २४ युवती भिड्दै
‘मिस नेपाल–२०२२’ को उपाधिका लागि २४ युवती भिड्ने भएका छन् । आयोजक द हिडन ट्रेजरले एक कार्यक्रमकाबीच फाइनल २४ युवती सार्वजनिक गरेको हो । प्रतियोगीलाई कन्टेस्टेन्ट नम्बर तथा स्यास समेत वितरण समेत गरिएको कार्यक्रममा मिस नेपाल नम्रता श्रेष्ठ, मिस अर्थ सुप्रिया श्रेष्ठ, मिस नेपाल सुप्रा नेशनल सिमल कनौजिया, मिस नेपाल इन्टरनेशनल सन्ध्या शर्माले प्रतियोगीलाई स्यास लगाइदिएका थिए ।
प्रतियोगिताको फाइनल ४ असारमा आयोजना हुँदैछ । जसमा आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बास्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी र यशस्वी श्रेष्ठ रहेका छन् ।
मिस नेपाल फाइनल ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालमा जथाभाबी लेख्न राप्रपाको अङ्कुश, केन्द्रीय समिति बैठक आह्वान
-
राप्रपा बैठकको १० बुँदे निर्णय सार्वजनिक (पूर्णपाठ)
-
उपनिर्वाचनमा लज्जास्पद पराजय भोग्नुको कारण खोज्न राप्रपाले बनायो समिति
-
भियतनामी क्रान्ति : साम्राज्यवादका विरुद्ध जनताले लडेको गौरवशाली युद्ध
-
ट्याङ्कर विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो
-
अनमोलप्रीतले तोडे युसुफ पठानको कीर्तिमान