सरकारले पेट्रोलियम पदार्थमा कुन शीर्षकमा कति कर असुल्छ ?
सोमबार, १६ जेठ २०७९, १३ : १२
![सरकारले पेट्रोलियम पदार्थमा कुन शीर्षकमा कति कर असुल्छ ?](https://rpcdn.ratopati.com/media/albums/petrol_VkRXP9kt2A.jpg)
सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ पूर्वाधार विकास कर असुल्ने भएको छ । आगामी आर्थिक वर्षको पहिलो महिना साउनदेखि लागू हुने गरेर आयातित पेट्रोलियम पदार्थमा भन्सार बिन्दुमै उक्त कर असुल गरिने छ ।
यसरी, पेट्रोलियम पदार्थमा लिइने कर भन्सार बिन्दुबाटै एकमुष्ट रूपमा संकलन गरिने छ । र, यसको भार उपभोक्ता मूल्यमा स्वतः पर्ने छ ।
यसैगरी, विदेशबाट आयात हुने पेट्रोलमा सडक मर्मत तथा सुधार दस्तुर बापत प्रतिलिटर ४ रुपैयाँ र डिजेलमा प्रतिलिटर २ रुपैयाँ कर उठाइने छ । यसका साथै, नेपालभित्र बिक्री वितरण हुने पेट्रोल तथा डिजेलमा प्रति लिटर एक रुपैयाँ ५० पैसाका दरले प्रदुषण नियन्त्रण शूल्क लगाई असुल गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज चार संसदीय समितिको बैठक बस्दै
-
डोनाल्ड ट्रम्पले कर लगाउने घोषणा गरेपछि क्यानडाले चाल्यो यस्तो कदम
-
भानुआटुमा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो, २ सय जना घाइते
-
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
-
सुक्खाबन्दरगाह भन्सार : राजस्व सङ्कलनमा कमी
-
चितवनले जित्यो टस, पहिले फिल्डिङ गर्ने