शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ८१ औं पटक रक्तदान

सोमबार, १६ जेठ २०७९, १३ : ०१
सोमबार, १६ जेठ २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ८१ औं पटक रक्तदान गरेका छन् । सोमबार पुरानो बानेश्वरस्थित तारामण्डल महिला सशक्तीकरण अभियानको आयोजनामा भएको रक्तदान कार्यक्रममा प्रमुख अतिथिका रुपमा पुगेका लिङ्देनले रक्तदान गरेका हुन् । 

यो उनको ८१ औं रक्तदान हो । समारोहमा बोल्दै अध्यक्ष लिङ्देनले जीवनका आनन्ददायक क्षणमध्ये एक रक्तदान गर्दाका क्षण हुने गरेको बताए । ‘रगतदान गरेर कसैको जीवन बचाउने कुराले मलाई आनन्दित मात्रै बनाउँदैन भावुक पनि बनाउँछ लिङ्देनले भने ’जहाँ रक्तदान कार्यक्रम हुँदैछ भन्ने थाहा पाउँछु समय मिलेसम्म र अघिल्लो रक्तदानको अवधि पुगेमा त्यहाँ पुगेर रक्तदान गर्ने गरेको छु ।’ 

आफू संगठनको अध्यक्ष रहँदा पनि रक्तदानका धेरै कार्यक्रम गरेर आफै दान गरेको लिङ्देनले स्मरण गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप