न्यूनतम पारिश्रमिक समितिकी अध्यक्ष खड्काले भनिन्–पत्रकारको पारिश्रमिक साउनदेखि बढ्छ
सोमबार, १६ जेठ २०७९, १२ : ५६
न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले पत्रकारहरुको पारिश्रमिक साउनदेखि बढाइने बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै समितिकी अध्यक्ष खड्काले समय सापेक्षतामा श्रमजीवी पत्रकारको पारिश्रमिक बढाइने उल्लेख गरेकी छन् ।
‘पत्रकारको पारिश्रमिक साउनदेखि अवश्य बढ्नेछ । यसअघिकै समितिले सिफारिस गरेको थियो, म त्यहाँ पुगेपछि अझ समय सापेक्ष बनाएर अघिल्लो समितिले सिफारिस गरेको भन्दा अझ थपेर लागू गर्नुपर्छ भनेर केही समय विज्ञहरुसँगको परामर्श पछि समय अनुकूल नै बढ्नेछ’ खड्काले लेखेकी छिन्, ‘हाम्रो ध्यान तोकिएको पारिश्रमिक समयमै पाउनुपर्छ भन्ने हो । त्यसका लागि यहाँहरु सबैको साथमा हामी पहलकदमी लिनेछौ । सरकारको बजेट घोषणा पश्चात् केही साथीहरूले ध्यानाकर्षण गर्नुभयो त्यसका लागि धन्यवाद ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम
-
धमाधम नयाँ फिल्म घोषणा, तर राम्रो छैन विगतको रेकर्ड
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे