शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

विश्वको सर्वोच्च शिखर सगरमाथामा जाम्बियाको झण्डा

सोमबार, १६ जेठ २०७९, १२ : ५३
सोमबार, १६ जेठ २०७९

विश्वको सर्वोच्च शिखर सगरमाथामा अफ्रिकी राष्ट्र जाम्बियाको झण्डा फहराइएको छ । नेपाल र जाम्बियाबीच कूटनीतिक सम्बन्ध स्थापित भएको साढे तीन दशकपछि जाम्बियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको झण्डा फहराएको हो । जाम्बियाका लागि नेपालका मानार्थ वाणिज्य दूत देशबन्धु बस्नेतले नेपाली पर्वतारोही फुर्वा ओङगेल शेर्पाले सर्वोच्च शिखर सगरमाथामा जाम्बियाको झण्डा फहराएको जानकारी दिए । 

उनले १५ मेको बिहान ४ बजेर ५८ मिनेटमा उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको पाइला  टेकेका थिए । सगरमाथामा जाम्बियाको झण्डा फहराउनुको उद्देश्य दुई देशबीच द्विपक्षीय व्यापार र द्विपक्षीय सम्बन्ध सुदृढीकरण गर्न ध्यान आकर्षित गर्नु रहेको बस्नेतले बताए ।
नेपाल र जाम्बियाले १० सेप्टेम्बर १९८६ मा कूटनीतिक सम्बन्ध स्थापित गरेका हुन् । दक्षिण अफ्रिकाको प्रिटोरियामा रहेको नेपालको दूतावासले जाम्बिया र नयाँ दिल्लीस्थित जाम्बियाको दूतावासले नेपाललाई आधिकारिक मान्यता प्रदान गरेका छन्।

तत्कालीन राजा महेन्द्रले सन् १९७० को सेप्टेम्बर १० देखि १२ सम्म तेस्रो एनएएम शिखर सम्मेलनमा भाग लिन जाम्बियाको भ्रमण गरेका थिए । नेपाल र जाम्बिया संयुक्त राष्ट्रसंघ, एनएएम, जी–७७, र डब्ल्यूटीओका सदस्य रहेका छन् । दुबै देशहरू कम विकसित (एलडीसी) र ल्याण्ड लक (एलएलडीसी) रहेका छन् र विश्वव्यापी विकास सहयोग र साझेदारीको धेरै एजेन्डामा समान धारणा व्यक्त गर्दै आएका छन्।

दुबै मुलुकले संयुक्त राष्ट्रसंघीय शान्ति अभियानमा योगदान पुर्याइरहेका छन् । नोभेम्बर २०१७ सम्ममा, नेपालले ५३५३ सेना र जाम्बियाले ११२८ सेनाले संयुक्त राष्ट्र संघको शान्ति सुरक्षा अभियानमा योगदान पुर्याएका छन्। यद्यपि हालसम्म नेपाल र जाम्बियाबीच द्विपक्षीय व्यापार भने नगन्य छ ।

जाम्बिया एक शान्तिमय र राजनीतिक रूपले स्थिर देश हो । जाम्बियामा सन्१९९१ मा सत्ताको राजनीतिक हस्तान्तरण बहुदलीय चुनावमार्फत भएको थियो । अफ्रिकी मुलुकहरुमध्ये जाम्बिया सुरक्षित देशका रुपमा रहेको छ । जाम्बियामा स्वतन्त्र प्रेसको व्यवस्था रहेको छ भने सक्रिय नागरिक समाज र अर्थव्यवस्थामा केही प्रतिनिधि समूहहरू पनि सक्रिय छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप