बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

दुर्घटनास्थलमा पुगेर उद्धार कार्य जारी : तारा एयर

सोमबार, १६ जेठ २०७९, १२ : १०
सोमबार, १६ जेठ २०७९

तारा एयरले आफ्नो वायुयान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिएको छ । उक्त कम्पनीले सोमबार एक विज्ञप्ति जारी गरी जेठ १५ गते बिहान पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन–एइटी–डिएचसी–६ ट्वीन वटर वायुयान मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नं २ स्थित सानसुरे भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिएको हो ।

प्रतिकूल मौसम तथा जटिल भौगोलिक अवस्था हुँदा पनि नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रमार्फत हवाई तथा स्थलमार्गबाट खोजी गर्दा वायुयान फेला परेको र हाल उद्धारकर्मी दुर्घटनास्थलमा पुगेर उद्धार कार्य जारी राखेको कम्पनीले जनाएको छ ।  सो कम्पनीले वायुयान दुर्घटना भएको जानकारी गराउनुपर्दा  दुःख लागेको बताएको छ ।

उक्त वायुयान अन्तिमपटक जोमसोम टावरसँग जेठ १५ गते बिहान १०ः ०७ बजे सम्पर्कमा आएपश्चात् सम्पर्कविहीन भएको थियो ।  उक्त विमान १४ हजार ५०० फिट उचाइमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप