शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

५१ प्रतिशत किशोरीहरूमाथि यौनजन्य हिंसा

सोमबार, १६ जेठ २०७९, ११ : ५८
सोमबार, १६ जेठ २०७९

पछिल्लो समय किशोरीहरु आफूमाथि भएको यौन हिंसाको बारेमा बोल्न थालेका छन् । ५१ प्रतिशत किशोरीहरूमाथि यौनजन्य हिंसा हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । यौन हिंसाका बारेमा अनुसन्धानरत संस्था ओरेकले सार्वजनिक गरेको तथ्याङ्कले बालिका तथा किशोरी विद्यालयमै सुरक्षित नभएको देखाएको हो ।

ओरेकले वि.सं. २०७८ चैतदेखि २०७९ वैशाखसम्म ३९० वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क संकलन गरेको छ । यो अवधिमा संकलन भएका घटनालाई विश्लेषण गर्दा सबैभन्दा बढि ५१ प्रतिशत किशोरीहरूमाथि यौनजन्य हिंसा भएको पाइएको छ ।

जसमा ३० प्रतिशत (२३ जना) किशोरीहरूमाथि बलात्कार, ७ प्रतिशत (६ जना) माथि बलात्कारको प्रयास र १४ प्रतिशत किशोरीहरु (१२ जना) माथि यौन दुव्र्यवहार भएको पाइएको छ । ओरेकले महिला तथा बालिकामाथि हुने हिंसाका घटनाहरूलाई संकलन तथा विश्लेषण गरी लैंगिक हिंसाको अवस्था सार्वजनिक गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप