शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

७ वर्षीया बालिका बलात्कार गरेको अरोपमा पुरुष पक्राउ

सोमबार, १६ जेठ २०७९, ११ : ५३
सोमबार, १६ जेठ २०७९

अर्घाखाँचीमा ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका  छन् । जिल्लाको मालारानी गाउँपालिका–७ बस्ने ३५ वर्षीय कमल महतलाई प्रहरीले पक्राउ गरेको हो । शुक्रबार दिउँसो ७ बर्षीया बालिकालाई बलात्कार गररेको  सूचना प्राप्त भएपछि उनलाई पक्राउ गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख डिएसपी अम्मर थापा क्षेत्रीले जानकारी दिए ।

त्यस्तै पाल्पामा पनि २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप एक पुरुष पक्राउ परेका छन् । जिल्लाको पूर्व खोला गाउँपालिका–३ रिङनेरा बस्ने ३१ वर्षीय श्याम दर्जी बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । पक्राउ परेका दर्जीमाथि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप