ad
x

सिरियल अभिनयमा भित्रिए ‘म्यादी भाइ’ नवराज

person explore access_timeजेठ १६, २०७९ chat_bubble_outline0

म्यादी भाइको रुपमा भाइरल किशोर नवराज रेग्मी सिरियल अभिनयमा देखिएका छन् । उनी  ‘हल्का रमाइलो’ नाम सिरियल अभिनयमा देखिन थालेका हुन् । आइतबार प्रसारण भएको सिरियलको नयाँ भागमा उनी पनि देखिएका थिए । सिरियलमा उनी म्यादीकै पोसाकमा प्रस्तुत भएका थिए । रेग्मी ‘हल्का रमाइलो’ को अझै केही भागमा देखिने निर्देशक मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ ले बताए ।


‘मलाई सिरियल खेल्न मन छ भनेर रेम्मीले धेरै पटक फोन गरेर रिक्वेष्ट गरेपछि सिरियलमा अभिनय गर्न अवसर दिएका हौँ’ निर्देशक श्रेष्ठले भने ‘अब केही भागमा उनी देखिनेछन् ।’ अहिले सिरियलमा म्यादीकै पोसाकमा भित्र्याएको भएपनि अब कुनै रमाइलो पत्रको रुपमा अगाडि ल्याउने श्रेष्ठको भनाई रहेको छ ।



कपिलवस्तु बाणगंगा नगरपालिका– ४ का १६ वर्षीय रेग्मी म्यादी हुँ भन्दै एक भिडियो सामाजिक सञ्जालमा हालेपछि भाइरल भएका थिए । उनले म्यादी पोसाकको भिडियोमा भनेका थिए, ‘सागर, बसन्ते, किस्ने सबहरू नडरा न हो । तेरो दाइ मिदी भइसकेको छ । केटाहरू के खान मन छ, बाटोमै खा न हो बाल भएन, जोइन तान्न मन छ भने पनि तान्दे । लड्न मन लागे लड । कसैलाई हान्न मन छ भने हान्दे, तेरो दाइ छ मिदी ।’

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।