उत्तर कोरियाले आवागमन प्रतिबन्ध हटायो
सोमबार, १६ जेठ २०७९, १० : ५६
उत्तर कोरियाले कोभिड–१९ महामारी फैलिएपछि राजधानी प्योङयाङमा लगाएको आवागमन प्रतिबन्ध हटाएको छ । भाइरस नियन्त्रणमा आएको भन्दै उत्तरले प्रतिबन्ध हटाएको हो । उत्तरले कोभिडलाई लक्षित गरी लगाएका सम्पूर्ण प्रतिबन्ध फुकुवा गरेको जापानको क्वेडो समाचार संस्थाले जनाएको छ । तर, अन्तर–कोरियाली मामिला सम्हाल्ने दक्षिण कोरियाको एकीकरण मन्त्रालयका प्रवक्ताले त्यसको स्वतन्त्र पुष्टि नभएको जनाएको छ ।
उत्तर कोरियाका सञ्चार माध्यमहरुले प्रतिबन्ध हटाइएको विषयमा केही उल्लेख नगरेकाले प्रतिबन्ध हटाइएका विषयमा पुष्टि गर्न नसकिने दक्षिण कोरियाले जनाएको छ ।
उत्तरको प्रतिबन्धबीच खोप, चिकित्सा आपूर्ति र खाद्यान्न अभावबारे चासो बढेको थियो । यसैबीच, चीनको सांघाईमा लगाउँदै आएको लकडाउन बुधबारदेखि हटाइने तयारी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार