बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

बजेटमा यस्ता छन् खानी उत्खनन् सम्बन्धी योजना

सोमबार, १६ जेठ २०७९, १० : ४८
सोमबार, १६ जेठ २०७९

आगामी आर्थिक वर्ष २०७९/८० मा देशभरका खानी उद्योगको उत्खनन्, प्रशोधन र अन्वेषण गर्न सरकारले बजेट छुट्याएको छ । आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दै सरकारले खानी उत्खनन्, प्रशोधन र विकासमा बजेट विनियोजन गरेको हो ।

सार्वजनिक निजी साझेदारीमा धौवादी फलाम खानीबाट फला उत्पादनको पूर्व तयारी सम्पन्न गर्ने तथा बैतडी र बझाङमा रहेको फस्फोराईटको खानीबाट फस्फोरश मल उत्पादनको सम्भाव्यता अध्ययन गरिनेछ । यस्तै, सुर्खेतमा स्थापना भएको बहुमूल्य र अर्ध बहुमूल्य पत्थर प्रशोधन केन्द्र सञ्चालनमा ल्याइने अर्थमन्त्रीले घोषणा गरेका छन् ।

धादिङ जिल्लाको रुबी भ्याली र जाजरकोट लगायतका स्थानमा रहेको बहुमूल्य पत्थरको अन्वेषण तथा प्रशोधनका काम सुरू गर्ने समेत अर्थमन्त्रीले घोषणा गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप