शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बजेटमा समेटियो निजी क्षेत्रको अभियान

सोमबार, १६ जेठ २०७९, १० : ३६
सोमबार, १६ जेठ २०७९

सरकारले आगामी आर्थिक वर्षमा निजी क्षेत्रको अभियानलाई बजेटमा समेटेको छ । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले सञ्चालन गरेका दुई छुट्टाछुट्टै अभियान बजेटमा समेटिएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघले अघि बढाएको ‘मेड इन नेपाल’ र नेपाल उद्योग परिसंघले अघि बढाएको ‘मेक इन नेपाल’ अभियानलाई बजेटमा समेटेको हो । सरकारले यसका लागि आफ्नै उत्पादन आफै उपभोग अभियान समेत अघि बढाएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रले अघि बढाएका ती दुई अभियानलाई सरकारले सहयोग उपलब्ध गराउने घोषणा गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप