जर्मनीमा दुर्लभ चरा जोगाउन बिरालोलाई घरबाहिर नछोड्न सरकारको उर्दी
![जर्मनीमा दुर्लभ चरा जोगाउन बिरालोलाई घरबाहिर नछोड्न सरकारको उर्दी](https://rpcdn.ratopati.com/media/albums/Germany_mTMgkl47jJ.jpg)
दक्षिणपश्चिमी जर्मनको वालडोर्फ सहरका अधिकारीहरूले केही बिरालो मालिकहरूलाई अगस्टको अन्त्यसम्म आफ्ना घरपालुवा जनावरहरूलाई घरभित्रै राख्न आदेश दिएका छन् । प्रजनन मौसममा दुर्लभ चरालाई बचाउन अधिकारीहरूले यस्तो आदेश दिएका हुन् ।
दुर्लभ क्रेस्टेड लार्कलाई बचाउने पहल स्वरुप अधिकारीहरूले यस्तो आदेश दिएका हुन् । यो चराले आफ्नो गुँड जमिनमा बनाउँछ । बिरालोका लागि यो चरा सजिलो शिकार मानिन्छ ।
पछिल्ला दशकमा पश्चिम युरोपमा चराहरूको संख्या तीव्र रूपमा घटेको छ । अधिकारीहरूका अनुसार पछिल्लो आदेश शहरको दक्षिणी भागमा सबै बिरालाहरूमा लागू हुन्छ र आगामी तीन वर्षसम्म निश्चित अवधिमा यो आदेश दोहो-याइनेछ ।
तर, अधिकारबादीहरूले सरकारको आदेशको विरोध गरेका छन् । क्षेत्रीय पशु संरक्षण संघका प्रमुखले उक्त आदेशलाई चुनौती दिन कानुनी कदम चाल्ने योजना बनाएका छन् ।
‘यो अन्यायपूर्ण कदम रोक्न हामीले सक्दो प्रयास गर्नेछौं’, उनले भने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओस्कारको दौडबाट बाहिरियो ‘लापता लेडिज’
-
जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
त्रिविको जग्गा हिनामिना गर्ने जो भए पनि कानुनी कारबाहीको दायरामा आउँछन्: प्रधानमन्त्री
-
वर्षा बाधक बनेपछि बराबरीमा सकियो अस्ट्रेलिया र भारतबिचको तेस्रो टेस्ट
-
चितवन निकुञ्जद्वारा नियम विपरीत काम गर्ने ६५ जनालाई कारबाही
-
१० वर्षीया बालिकाको मृत्युपछि पाकिस्तान भागेर प्रहरीलाई फोन