बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कार आरोपमा एक पक्राउ

सोमबार, १६ जेठ २०७९, ०८ : १३
सोमबार, १६ जेठ २०७९

दुई दिनअघि युवतीलाई बलात्कार गरेको आरोपमा पाल्पाका एक जना पक्राउ गरिएको छ । पाल्पाको पुर्वखोला गाउँपालिका–३ दारोगौडा निवासी ३१ बर्षीय श्यामबहादुर दर्जीलाई प्रहरीले पक्राउ गरेको हो ।

दर्जीले घरमा कोही नभएको बेला सोही पालिकाकी २५ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप छ । प्रहरीका अनुसार बलात्कार गरेर फरार भएका दर्जी दोस्रो दिनमै पक्राउ परे ।

प्रहरी चौकी पुर्वखोला र जिल्ला प्रहरी कार्यालय तानसेनबाट खटिएको टोलीले दर्जीलाई पक्राउ गरि अनुसन्धान गरिरहेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र थापाले जानकारी दिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप