आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भेटियो हराइरहेकाे तारा एयरको विमान

सोमबार, १६ जेठ २०७९, ०७ : १५
सोमबार, १६ जेठ २०७९

नेपाली सेनाले हराइरहेको तारा एयरको विमान फेला परेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले ट्वीटरमार्फत सो कुराको जानकारी दिएका हुन् ।

खोजी र उद्धार टोलीले विमान रहेको स्थान पत्ता लगाएको र यसबारे थप विवरण आउन बाँकी रहेको उनले बताएका छन् ।

तारा एयरको ट्विनअटर विमानको खोजी कार्य सोमबार बिहानैबाट पुन: सुरु गरिएको थियो । पोखराबाट मुस्ताङका लागि उडेको सो विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप