बजेट सकारात्मक र रूपान्तरणकारी
नेपाल सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्का दुवै संसद्मा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटबारे सकारात्मक प्रतिक्रिया व्यक्त गरिएको छ ।
अर्थमन्त्री शर्माको बजेट मन्तव्यपछि गोरखापत्रसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका नेता डा. रामशरण महत र पूर्वअर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले बजेटमा धेरै सुधार देखिएको प्रतिक्रिया दिए । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकारले प्राथमिकता भुलेर दीर्घकालीन महत्वका योजनामा केन्द्रित बजेट ल्याएको बताए ।
पूर्वप्रधानमन्त्री डा. भट्टराईले भने, “सामान्यतया बजेट राम्रै छ । यो मध्यम स्तरको बजेट हो । यतिबेला हामीलाई चाहिएको रूपान्तरणकारी बजेट नै हो । त्यो आउन नसकेपछि बजेटका कतिपय पक्ष राम्रा छन् ।”
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बजेटले कृषि, ऊर्जा, पर्यटन र कनेक्टिभिटीलाई महत्वसाथ अघि बढाएको बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी बौद्ध विश्वविद्यालयको दीक्षान्त समारोह सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनी आउँदै
-
रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सुरु
-
एकनास छैनन् सहकारी : कतै बचत फिर्ता पाउनै मुस्किल, कतै बचतको ओइरो
-
चितवन राइनोजसँग जोडिए चर्चित पाकिस्तानी खेलाडी सोहेल तनवीर
-
रौतहटमा मोबाइल चोर्ने २ जना रंगेहात पक्राउ
-
सहकारीका सम्बन्धमा संसदीय समितिले स्पष्ट खाका दिएन