बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

सबै प्रकारका सुर्तीजन्य वस्तुको कर बढ्यो

आइतबार, १५ जेठ २०७९, २० : ५७
आइतबार, १५ जेठ २०७९

सरकारले सबै प्रकारका सुर्तीजन्य वस्तुमा कर बढाएको छ । सरकाले आगामी आर्थिक वर्षको बजेटबाट आयातित र उत्पादित सम्पूर्ण सुर्तीजन्य वस्तुको कर बढाएको हो । अर्थ मन्त्रालयले स्वास्थ्य जोखिम करको नाममा बिँडी, चुरोट, सिगार, सुर्ती, खैनी, गुट्खा, पान मसला लगायतका वस्तुको कर बढाएको हो ।

मन्त्रालयका अनुसार बिँडीमा प्रति खिली तीस पैसा, चुरोट र सिगारमा प्रति खिली साठी पैसा र तयारी खाने सुर्ती, खैनी, गुट्खा, पान मसलामा प्रति किलो साठी रुपैयाँका दरले कर बढाइएको हो । यसरी बढाइएको कर आयातितको हकमा भन्सार बिन्दुबाटै र स्वदेशीको हकमा उद्योगबाट असुल गरिनेछ । स्वास्थ्य जोखिम करको नियमन र प्रशासन आन्तरिक राजस्व विभागले निर्धारण गरे बमोजिम हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप