बजेट कार्यान्वयन हुनसक्ने देखिँदैन : राजेन्द्र लिङ्देन
आइतबार, १५ जेठ २०७९, २० : ५३
राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुनसक्ने खालको नरहेको बताएको छ । राप्रपाका अध्यक्ष समेत रहेका राजेन्द्र लिङ्देनले चुनावी सरकारले ल्याएको बजेट परम्परागत र चुनाव लक्षित रहेको बताए ।
‘कार्यान्वयनमा समस्या हुने देखिन्छ र विगतमा भएका गल्ती कमजोरीलाई सच्याउने प्रतिवद्धताहरु छैनन् । खासगरी खर्च गर्ने क्षमताको कसरी विकास गर्ने ? बजेट बढ्ने तर खर्च नहुने प्रवृति छ’, लिङ्देनले भने, ‘जहाँ खर्च हुनसक्छ त्यहाँ बजेट नहुने त्यो परम्परा यसमा पनि दोहोरिने सम्भावना प्रशस्त देखिन्छ ।’
उनले परम्परागत बजेटभन्दा अलग नभएको भन्दै केही चुनाव केन्द्रीत योजनाहरु अघि सारिएका बताए । ‘यो बजेट कार्यान्वयन नहुँदै चुनाव हुने र नयाँ सरकार आउने हुँदा यसबाट धेरै अपेक्षा गर्न सकिँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का