बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

साइबर अपराध नियन्त्रण बजेटको प्राथमिकतामा

आइतबार, १५ जेठ २०७९, २० : १९
आइतबार, १५ जेठ २०७९

साइबर अपराध नियन्त्रण गर्न अनुसन्धानमा संलग्न सुरक्षाकर्मीको दक्षता अभिवृत्तिका लागी बजेट बिनियोजन गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा बजेट प्रस्तुत गर्दै साइबर अपराध नियन्त्रण गर्न कानुनी व्यवस्थामा समयानुकूल सुधार तथा संस्थागत सुधार गरिने बताएका छन् । 

साइबर अपराध नियन्त्रणमा संलग्न जनशक्तिको क्षमता विकास गरी अनुसन्धान र विश्लेषणलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउँदै अर्थमन्त्री शर्माले भने–‘साइबर अपराध नियन्त्रण गर्न आवश्यक उपकरणको लागी बजेट व्यवस्था गरेको छु ।’ सुरक्षा निकायहरुको संस्थागत क्षमता विकास गर्ने र अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई प्रभावकारी बनाउने अर्थमन्त्रीले उद्घोष गरेका छन् । संसदमा बजेट पेश गर्दै मन्त्री शर्माले भने–‘अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई प्रभावकारी बनाइनेछ, आधुनिक प्रविधिको प्रयोग गरी सीमा क्षेत्रमा हुने अपराध र अवैध कारोबार नियन्त्रण गरिने छ ।’ 

सरकारले अध्यागमन सेवालाई अत्याधुनिक एवं डिजिटाइज गरेर अन्तर्राष्ट्रिय स्तरको बनाउने घोषणा गरेको छ । सीमा नाकाका अध्यागमन कार्यालयहरूको भौतिक पूर्वाधार सुधार गर्ने उल्लेख गर्दै अर्थमन्त्री शर्माले भने–‘नेपाल आउने विदेशी नागरिकको बायोमेट्रिक विवरण सहितको अभिलेख विद्युतिय प्रणालीमा अद्यावधिक गर्ने र यात्रुको विवरण अग्रिम रुपमा प्राप्त हुने सुचना प्रणाली विकास गरेर प्रयोगमा ल्याइनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप