शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

बजेट संरचनात्मक रुपमा सुधार गर्नेगरी आयो : पूर्व अर्थमन्त्री पुन

आइतबार, १५ जेठ २०७९, २० : ०१
आइतबार, १५ जेठ २०७९

नेकपा माओवादी नेता एवम् पूर्वअर्थ मन्त्री वर्षमान पुनले देशको संरचनात्मक सुधार हुनेगरी बजेट आएको टिप्पणी गरेका छन् । आगामी आर्थिक वर्षको बजेट संसदमा  पेश भएपछि प्रक्रियाका दिँदै पुनले कृषि क्षेत्रलाई सबैभन्दा बढी फोकस गरेर आएको बताए। 

‘बजेटको सिद्धान्त र प्राथमिकता त्यसैगरी नीति तथा कार्यक्रम अनुसार नै कृषि क्षेत्रलाई केन्द्रीत गरेर बजेट आएको छ । कृषि क्षेत्रको उत्पादन बृद्धि गर्ने यस क्षेत्रमा रहेका जनशक्तिलाई प्रोत्साहन गर्ने खालको बजेट आएको छ,’ पुनले भने, ‘ मुख्य   सामाजिक सुरक्षा लगायत अन्य प्राथमिकता विषय आएका छन्। सामाजिक सुरक्षाका कार्यक्रमहरु आएका छन् ।’

आगामी आर्थिक वर्ष ३० प्रतिशत कृषिजन्य आयातलाई प्रतिस्थापन गर्ने कुरा सबैभन्दा महत्वपूर्ण भएको पुनले बताए।  कृषि क्षेत्रलाई आत्मनिर्भर बनाएर आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखि अर्थतन्त्रतिर लाग्न खोजिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप