बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

निर्वाचनको जनमत प्रभावित पार्नेगरी बजेट आयो : भिम रावल

आइतबार, १५ जेठ २०७९, १९ : ५७
आइतबार, १५ जेठ २०७९

नेकपा एमालेका नेता भीम रावलले आगामी प्रदेश र संघको निर्वाचनलाई प्रभावित हुनेगरी बजेट ल्याएको प्रक्रिया दिएका छन् । आगामी आर्थिक वर्षको बजेट पेश भएपछि प्रक्रिया दिँदै रावलले निर्वाचनलाई प्रभावित पार्नेगरी कार्यक्रमहरु ल्याएको आरोप लगाए । 

आगामी निर्वाचनलाई ध्यानमा राखेर लोकप्रिय कुराहरु भय भरका कुरा राख्ने प्रयास गरिएको छ । जतिसुकै प्रयास गरिएपनि झण्डै ५ खर्ब न्युन अवस्थामा छ । यसले तिर्नु पर्ने ब्याज, वैदेशिक ऋण उठाउने कुरा हेर्दा झन थप कतिपय संरचनाहरु खडा गरिएको छ,’ रावलले भने, ‘देशमा वैदेशिक मुद्रा कमी र ह्रास भइरहेको अवस्थामा यो बजेटले देशमा उपभोग गर्न आवश्यक नभएका कतिपय बस्तुहरुको आयात रोक्ने गरेको छैन । अझ खर्च बढाउने कुरा गरेको छ ।’ सरकारले ल्याएका कतिपय कार्यक्रम आफैले समेत पुरा गर्न नसक्ने क्षमता भएको रावलले टिप्पणी गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप