बजेटमा सुदूरपश्चिम : अधुरा र शुरु नभएका योजनालाई निरन्तरता
संघिय सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा सुदूरपश्चिम प्रदेशमा अधुरा र शुरु हुन नसकेका योजनाहरुलाई निरन्तरता दिइएको छ । अर्थमन्त्री जनार्दन शमाले आइतबार सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा प्रदेशमा अधुरा रहेका र हरेक वर्ष बजेटमा घोषणा हुने तर, कार्यान्वयन नभएका योजनाहरुले नै निरन्तरता पाएको हो ।
अर्थमन्त्री शर्माले धनगढी विमानस्थललाई क्षेत्रीय स्तरको विमानस्थल बनाउन सम्भाव्यता अध्ययन गर्ने बताए । उनले भने –‘विमानस्थललाई स्तरोन्नति गरेर क्षेत्रीय स्तरको विमानस्थल बनाउनका लागि सम्भाव्यता अध्ययन गर्न बजेट विनियोजन गरिएको छ ।’ धनगढी विमानस्थल विगतदेखि नै क्षेत्रीय स्तरको विमानका रुपमा स्तरोन्नति गरिनुपर्ने भन्दै माग हुँदै आएको थियो । मन्त्री शर्माले प्रस्तुत गरेको बजेट भाषणमा,‘डडेल्धुरा र टीकापुरमा विमानस्थल सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने’ उल्लेख छ । यो भने प्रदेशका लागि नयाँ योजना हो ।
‘कञ्चनपुरको चादँनी दोधारामा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अगाडि बढाइने’ मन्त्री शर्माले बताए । सुख्खा बन्दरगाहका लागि हरेक वर्ष सम्भाव्यता अध्ययनका लागि भनि बजेट भाषणमा घोषणा हुँदै आएपनि प्रभावकारी रुपमा कार्यान्वयन भने हुन सकेको छैन । यस्तै, कञ्चनपुरको दैजीमा औद्योगीक क्षेत्र निर्माणका लागि बजेट विनियोजन गरिएको छ भने कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र स्थापनाको योजनाले पनि निरन्तरता पाएको छ । आगामी आर्थिक वर्षमा सात देवीलाई पर्यटकीय स्थलका रुपमा प्रवद्र्धन गरिने जनाएका हुन् । उनका अनुसार डिलासैनी, निङलासैनी, मेलौली, शैलेश्वरी, उग्रतारा, त्रिपुरासुन्दरी र बडिमालिकामा उक्त योजना कार्यान्वयन हुने छ ।
कैलालीको अत्तरियामा जडिबुटी प्रशोधन केन्द्र संचालन गरिने र लम्कीमा ट्रमा सेन्टर स्थापना गर्ने कार्यक्रम भने नयाँ हो । सबै प्रादेशिक अस्पतालहरुमा निशुल्क डायलाइसिस सेवा प्रदान गरिने उनले बताए । मन्त्री शर्माका अनुसार डायलाइसिस सेवा प्रदान गर्न सरकारले आगामी आर्थिक वर्षका लागि डायलाइसिस मेसिन खरिदका लागि २० करोड विनियोजन गरेको छ । सेती र महाकाली प्रादेशिक अस्पतालको समन्वयमा गेटामा मेडिकल कलेज सञ्चालन गर्ने उल्लेख गरेका छन । यस्तै उक्त मेडिकल कलेज सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने पनि बजेट भाषणमा अर्थमन्त्री शर्माले जनाए ।
मन्त्री शर्माले प्रधानमन्त्री देउवा गृह जिल्लामा मेडिकल कलेज शुरु गर्नका लागि बजेट विनियोजन गरिएको बताए । यो पनि आगामी आर्थिक वर्षको बजेट कार्यक्रममा समेटिएको नयाँ योजना हो । धनगढीको फाप्ला क्रिकेट मैदानलाई अन्र्तराष्ट्रिय स्तरको खेलमैदानका रुपमा स्तरोन्नतीले पनि निरन्तरता पाएको छ । मन्त्री शर्माले धनगढीको फाप्लामा अन्तराष्ट्रिय क्रिकेट मैदान र खेलग्राम निर्माण गर्न आवश्यक बजेट विनियोजन गरेको बताए ।
हुलाकी राजमार्गका २४ वटा पुल र तीन सय किलोमिटर छ अर्व सात करोड विनियोजन गरेको छ । सरकारले कञ्चनपुरको भीमदत्तनगर र दोधारा चाँदनी जोड्ने महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण गर्न ४१ करोड रुपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री शर्माले कञ्चनपुरको भीमदत्तनगर र दोधारा चाँदनी जोड्ने महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माण गर्न सरकारले ४१ करोड रुपैयाँ विनियोजन गरेको बताए । ७५० मेगावाटको पश्चिम सेती र ३०९ मेगावाटको सेती – ६ जलविद्युत आयोजना निर्माणका लागी प्राविधिक तयारीका साथ निर्माण कार्य अगाडी बढाइने बताए । यस्तै, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको निर्माणका लागि नेपालको तर्फबाट गर्नुपर्ने तयारी कार्यलाई तीव्रता दिइने उनले बताए । अर्थमन्त्री शर्माले चैनपुर–सेती आयोजना कार्यान्वयनमा लगिने समेत जानकारी दिए ।
मध्यपहाडी लोकमार्गलाई प्राथमिकता दिइएको जानकारी दिए । विभिन्न खण्डमा ठेकेदारले गरेका ढिलाईका कारण यो आयोजना अपेक्षित रूपमा अघि बढ्न सकेको छैन । पूर्वमा पाँचथरको चिवाभञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म पुग्ने यो सडकको कुल लम्बाइ १ हजार ७ सय ७६ किमि छ । आगामी वर्ष २३५ किलोमिटर सडक कालोपत्रे गर्न र १६ वटा पुल बनाउन यो रकम विनियोजन गरेको हो । ९ अर्ब ३३ करोड बजेट छुट्याएको यसमा सरकारले आफ्नै र दाताको सहुलियतपूर्ण ऋण खर्च गर्नेछ ।
कैलालीमा निर्माणाधीन रानीजमरा कुलरिया सिँचाइ आयोजनाका लागि सरकारले आगामी आर्थिक वर्षमा दुई अर्ब ९० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री शर्माले रानीजमराको नयाँ निर्माण भएको नहरबाट पानी सञ्चालन गर्ने र विद्युत गृह सञ्चालन गरिने बताए ।
त्यस्तै कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका लागि एक अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री शर्माले घोषणा गरे । मोहना लगायत विभिन्न नदी नियन्त्रणका लागि तीन अर्व दुई करोड रकम विनियोजन गरिएको छ । कैलालीको धनगढीको खुटिया नदीमा तटबन्धन गर्न बजेटको व्यवस्था गरिएको अर्थमन्त्री शर्माले बताए । मन्त्री शर्माले सीमा क्षेत्र सहरी विकास कार्यक्रम अन्तरगत बेलौरी, दोधरा चाँदनी र पञ्चेश्वरमा पुर्वाधार विकास गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या