बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बजेटमा युवा तथा खेलकुद : कुन शीर्षकमा कति विनियोजन ?

आइतबार, १५ जेठ २०७९, १९ : २३
आइतबार, १५ जेठ २०७९

सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले नयाँ आर्थिक वर्षका लागि बजेटमा नवौं र दशौं खेलकुदलाई मुख्य प्राथामिकतामा राख्दै बजेट विनियोजन गरेको जानकारी दिए । 

सरकारले खेलकुद पूर्वाधार निर्माणका लागि ८७ करोड विनियोजन गरेको छ । त्यस्तै राष्ट्रिय खेलकुद परिषद्लाई २ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ । त्यस्तै एसियाली र ओलम्पिकमा पदक जित्ने खेलाडीहरुलाई आजीवन मासिक जीवनवृत्तको ब्यवस्था गर्ने सरकारले घोषणा गरेको छ । 

पूर्वाधार निर्माणका लागि कोहलपुरको महिला क्रिकेट एकेडेमीका लागि बजेट घोषणा गर्दा अन्तराष्ट्रिय तथा राष्ट्रिय खेलमा सहभागी खेलाडी तथा प्रशिक्षकहरुको जीवन बिमा गरिने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फल्ड लाइट जडान गरिने छ । सरकारले मूलपानी क्रिकेट मैदान आगामि आर्थिक वर्षसम्म निर्माण गरिसक्ने घोषणा गरेको छ । 

प्रदेश र स्थानीय तहसँगको समन्वयमा चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय खेल मैदानको निर्माण कार्य पूरा गरिने अर्थमन्त्री शर्माले बताए । अर्थमन्त्री शर्माले धनगढीको फाप्ला अन्तराष्ट्रिय खेल मैदान र खेलग्रामको निर्माण गरिने उल्लेख गर्दै नीजि क्षेत्रलाई खेल विश्वविद्यालय खोल्न प्रोत्साहित गरिने बताए । 

सरकारले विदेश क्लबलाई नेपालमा फ्रेन्चाइज लिग गर्न अनुकुल वातावरण निर्माण गरिने बताएको छ । खेलकुद संघको संस्थागत क्षमता विकास गरि खेलकुद प्रतियोगिता आयोजनामा खेल संघको भुमिका प्रभावकारी बनाईने उल्लेख गर्दै खेल संघलाई दिदै आएको अनुदानलाई वृद्धि गरिएको अर्थमन्त्री शर्माले बताए ।  

नयाँ आर्थिक वर्षको बजेट कार्यक्रममा महोत्तरीको मटियानी, चितवनको कठार, पूर्वी नवरपरासीको मध्यविन्दुमा स्थानीय तह र नीजि क्षेत्रको सहकार्यमा अत्याधुनिक रिक्रियसन सेन्टर स्थापना गरिने उल्लेख गरेको छ । 
अर्थमन्त्री शर्माले जुम्लाको टोप्ला पाटनमा हाइ अल्टिच्युट ट्रेनिङ सेन्टर स्थापनाका लागि बजेट विनियोजन गरेको बताएका छन् । 
सरकारले युवा तथा खेलकुद क्षेत्रका लागि २ अर्ब ४६ करोड विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले युवा तथा खेलकुदतर्फ २ अर्ब ४६ रोड रकम बिनियोजन गरेको जानकारी दिएका हुन् ।
सरकारले आर्थिक वर्ष २०७८/८९ का लागि युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड रुपैयाँ बजेट छुट्ट्याएको थियो । जुन अघिल्लो आर्थिक वर्ष भन्दा २८ करोडले कम हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप