मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

बजेट उद्योग केन्द्रीत भयो, आयात प्रतिस्थापनको लक्ष्य लिएको छ : विष्णु अग्रवाल

आइतबार, १५ जेठ २०७९, १९ : १९
आइतबार, १५ जेठ २०७९

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले आगामी आर्थिक वर्षको बजेट उद्योगमा केन्द्रीत भएको बताएका छन् । उनले बजेटपछि प्रतिक्रिया दिँदै उद्योग केन्द्रीत बजेटले आयात प्रतिस्थापनमा जोड दिएको बताए ।

यस्तै, उद्योगको जग्गा हदबन्दी सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने घोषणा समेत स्वागतयोग्य रहेको अग्रवालले बताए । यसका साथै, रुग्ण उद्योगमा रहेको समस्या समाधान गर्नतर्फ बजेट केन्द्रीत भएको अग्रवालले बताए ।

यसैगरी, वैदेशिक लगानीसम्बन्धी ५ करोडको सीमा घटाएर २ करोड रुपैयाँमा ल्याइनु राम्रो विषय भएको अग्रवालको भनाइ छ । यसका साथै, निर्यातमा अनुदान दिने व्यवस्था र निर्यातयोग्य उद्योगलाई विद्युत महशुलमा छुट दिने नीति पनि स्वागतयोग्य रहेको उनले बताए । यद्यपी, बजेट घोषणा उत्कृष्ट भएपनि कार्यान्वयनमा चुनौती रहेको उनले औंल्याए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप