शनिबार, ०६ पुस २०८१
ताजा लोकप्रिय

८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

आइतबार, १५ जेठ २०७९, १९ : ०२
आइतबार, १५ जेठ २०७९

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ । आज प्रतिनिधिसभामा बजेट प्रस्तुत गर्दै सरकारकातर्फबाट अर्थमन्त्री जनार्दन शर्माले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएका जानकारी दिएका हुन् ।

उनले कृषि उत्पादनमा केन्द्रीत बजेटले आर्थिक वृद्धिमा सहयोग पुग्ने बताए । यस्तै, उत्पादनमूलक उद्योग संरक्षण र प्रोत्साहनमा लिएको लक्ष्यले समेत उच्च अंकको आर्थिक वृद्धि हुने लक्ष्य लिएको छ । उनले कृषि उत्पादनमा केन्द्रीत बजेटले आर्थिक वृद्धिमा सहयोग पुग्ने बताए । यस्तै, उत्पादनमूलक उद्योग संरक्षण र प्रोत्साहनमा लिएको लक्ष्यले समेत उच्च अंकको आर्थिक वृद्धि हुने लक्ष्य लिएको छ । नेपाल सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य लिई दिगो विकासको आधार सृजना हुने अर्थमन्त्री शर्माको भनाइ छ ।

यस्तै, आगामी वर्ष महँगीलाई ७ प्रतिशतमा राख्ने लक्ष्य समेत सरकारले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप