शैक्षिकसत्र सुरु हुनु अगाडि विद्यार्थीको स्वास्थ्य परीक्षण
आइतबार, १५ जेठ २०७९, १८ : ४१
सरकारले शैक्षिकसत्र सुरु हुनुभन्दा अगाडि सबै विद्यार्थीको निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय सदनमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षदेखि शैक्षिकसत्र सुरु हुनुभन्दा अगाडि सबै विद्यार्थीको स्वास्थ्य परीक्षण गरिने जानकारी दिए ।
यस्तै ४० वर्षभन्दा माथिका नागरिकलाई स्थानीय तहका स्वास्थ्य संस्था वर्षमा एकपटक नसर्ने रोगको निःशुल्क स्क्रिनिङको बजेटमा व्यवस्था गरिएको उनको भनाइ थियो । रक्तसञ्चार सेवालाई सर्वसुलभ र व्यवस्थित गराउनका लागि सबै प्रदेशमा सहकारी स्वामित्वका ब्लडबैंक स्थापना गर्ने उनले बताए । सबै प्रदेशका सङ्घीय अस्पतालमा क्याथल्याबसहितको आकस्मिक मुटुको रोगको उपचार गर्ने व्यवस्था मिलाएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण