मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

आगामी वर्ष ८०० किलोमिटर सडक सञ्जाल विस्तार गर्ने

आइतबार, १५ जेठ २०७९, १७ : ४३
आइतबार, १५ जेठ २०७९

सरकारले आगामी आर्थिक वर्ष ८०० किलोमिटर सडक विस्तार गर्ने लक्ष्य राखेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन् ।

उनले आगामी आर्थिक वर्ष २५७ किलोमिटर सडक स्तरोन्नति गर्ने योजना पनि बजेटमा समेटिएको जनाएका छन् । मन्त्री शर्माका अनुसार संघ, प्रदेश र स्थानीय तहको सडक कार्यक्षेत्र निर्धारण गरिनेछ । उनले आगामी वर्ष नारायणगढ–बुटवल सडक विस्तार कार्य सम्पन्न गरिने पनि जनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप