शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

धादिङको बेल्खुमा ट्रमा सेन्टर निर्माणको घोषणा

आइतबार, १५ जेठ २०७९, १७ : १८
आइतबार, १५ जेठ २०७९

सरकारले धादिङको बेल्खुमा ट्रमा सेन्टर निर्माणको घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा धादिङको बेल्खुमा ट्रमा सेन्टरको निर्माणको लागि अवश्यक बजेट विनियोजन गर्न बताएका हुन् ।

त्यस्तै सरकारले बागमती प्रदेशका सबै प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा संचालनको घोषणा गरेको छ । अर्थमन्त्री शर्माले त्यसका लागि सबै प्रादेशिक अस्पताललाई १० करोड रुपैयाँ उपलब्ध गराउने बताएका हुन् ।

त्यसैगरी बागमती प्रदेशमा सरकारी स्वामित्वको ब्लड बैंक स्थापना गर्ने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप