शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

ड्रग्स केसमा आर्यनलाई क्लिन चिट : भनेका थिए, ‘निद्रा लाग्दैनथ्यो, अमेरिकामा गाँजा खान थालेको थिएँ’

आइतबार, १५ जेठ २०७९, १७ : १०
आइतबार, १५ जेठ २०७९

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई क्रुज ड्रग्स केसमा क्लिन चिट पाएका छन् । यो मामिलामा एजेन्सीको तर्फबाट दायर आरोपपत्रका अनुसार आर्यन खानले नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) लाई अमेरिकामा आफ्नो ग्रेजुएशनका दिनदेखि नै गाँजा खाना सुरु गरेको बताएका थिए । उनलाई निद्रा नलाग्ने समस्या भएका कारण गाँजा खाँदा आफूले यसमा राहत पाउने भएकोले यस्तो गरेको उनले बताएका थिए ।

आर्यनले सन् २०१८ मा गाँजा खाना सुरु गरेका थिए 

आरोपपत्रका अनुसार एनसीबीको अगाडि आफ्नो एक बयानमा आर्यन खानले सन् २०१८ मा अमेरिकामा गाँजा खान सुरु गरेको स्वीकार गरेका थिए । अर्को एउटा बयानमा आर्यनले एनसीबीलाई ग्रेजुएशनका बेला आफूलाई निद्रासम्बन्धि केही समस्या भएकोले गाँजाको सेवन सम्बन्धि इन्टरनेटमा पढेको र यसको प्रयोग गरेको पनि बताएका थिए ।

एनसीबीले एक अन्य बयानमा आर्यन खानले उनको मोबाइल फोनमा भेटिएको आपत्तिजनक ह्वाट्सएप ड्रग च्याट उनी आफैंले पठाएका थिए भनी स्वीकार गरेका थिए । आर्यनले एजेन्सीलाई उनले मुम्बईको बान्द्रामा एक ड्रग डिलरलाई पनि चिन्ने गरेको बताए । तर उनलाई ती व्यक्तिको नाम र ठेगाना थाहा नभएको बताएका थिए ।

आर्यनविरुद्ध प्रमाण भेटिएन : एनसीबी

क्रुज ड्रग्स पार्टी केसमा पक्राउ परेका आर्यन खानलाई क्लिन चिट दिएपछि एनसीबीले आरोपपत्रमा आफ्नो गल्ती स्वीकार गर्दै आर्यन खानविरुद्ध न त कुनै प्रमाण भेटिएको न नै कुनै साक्षीले उनलाई ड्रग्स दिएको कुरा मानेका छन् । यो केसमा एनसीबीले ६ हजार पेजको चार्जसिट स्पेशन एनडीपीएस कोर्टमा दायर गरेका छन् । यो मामिलामा आर्यनसहित १९ जना आरोपी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप