शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रपति चुरे संरक्षण परियोजनाका लागि २ अर्ब १७ करोड विनियोजन

आइतबार, १५ जेठ २०७९, १७ : ०९
आइतबार, १५ जेठ २०७९

अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि २ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी गराएका छन् । आइतबार संघीय संसदमा आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दै अर्थमन्त्री शर्माले नदी आसपास थुप्रिएका ढुङ्गा गिटी बालुवा जस्ता पदार्थ सोही क्षेत्रमा तटबन्धमा प्रयोग गरिने बताए ।

नदीले कटान गरेका जमिनको संरक्षण, बायोइन्जिनियरिङ सहितको भूसंरक्षण, वर्षातको पानी संकलन, सिमसार संरक्षण, बाँस रोपन कार्य लगायतका काम गरी चुरे संरक्षणको काम गर्ने जानकारी गराए । यस्तै तराईका नदीनालामा तटबन्ध गरी करिडोरको विकास गरिने योजना राखिएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप