बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्चले विकल्प खोज्न भनेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बजेट विनियोजन !

आइतबार, १५ जेठ २०७९, १७ : ०२
आइतबार, १५ जेठ २०७९

सर्वोच्च अदालतले विमानस्थल निर्माणको सबै निर्णय खारेज गर्दै विकल्प खोज्न भनेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ढाँचा निर्माण गर्ने बजेटमा उल्लेख भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा उक्त विमानस्थल निर्माणको ढाँचा निर्माण गर्ने बताएका हुन् । 

हवाई पूर्वाधार निर्माण शीर्षकमा अर्थमन्त्री शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ढाँचा निर्माण गरी लगानी बोर्ड नेपालमार्फत आयोजना विकास कार्य अगाडि बढाइने उल्लेख गरेका हुन् । ढाँचा निर्माण गर्ने भनेपछि त्यसका लागि रातो किताबमा बजेट विनियोजनसमेत गरिने हुन्छ । 

बिहीबार मात्रै सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सरकारको नाममा परमादेश जारी गर्दै विमानस्थल चाहिने भए त्यसको विकल्प खोज्न सुझाव दिएको थियो । पर्यावरणीय दृष्टिकोणले बढी क्षति पुग्ने भएकाले उक्त विमानस्थल निर्माणको सबै काम रोक्न र अर्को विकल्प खोज्न परमादेश दिँदै यसअघि सरकारले गरेका सबै निर्णय बदर गरिदिएको थियो । 

तर अर्थमन्त्री शर्माले आइतबार बजेट भाषण गर्ने क्रममा भने निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ढाँचा तयारी पारी लगानी बोर्ड नेपालमार्फत आयोजना विकास कार्य अगाडि बढाइने उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप